वर्षाका कारण विराटनगर विमानस्थल डुवानमा परेको छ । विमानस्थलको काउन्टरदेखि धावनमार्गसम्म डुवानमा परेका कारण विमानस्थलमा आज विहानैदेखि कुनै उडान तथा अवतरण हुन नसकदा विमानस्थल बन्द भएको छ ।
विमानस्थलको धावनमार्गमा नै अहिले घुँडासम्म डुब्ने गरी पानी जमेका कारण विमानस्थलमा नाइट स्टे गरेको बुद्ध एयरको जहाज पनि उडान गर्न नसकिएको विराटनगर विमानस्थल कार्यालय प्रमुख उत्सव खरेलले बताए ।
पानीले विमानस्थलका अत्यावश्यक सेवाका इक्युपमेन्ट कसरी जोगाउने भन्ने चिन्ता एकातर्फ छ भने पानी बढ्दै गयो भने कर्मचारीहरु नै सुरक्षित ठाउँतर्फ जानुपर्छ कि भन्ने चिन्ता पनि बढेको खरेलले बताए ।