सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपिओ आज देखि सर्बसाधारणलाई खुला

आर्थिक

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज देखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ३६ हजार ५ सय कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा छिटोमा कार्तिक ८ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा कार्तिक १८ गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ ।  शेयर निष्कासनको लागि  नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *