मध्यभोटेकोशीको आइपीओ बाँडफाँड कहिले ? तोकियो मिति !

आर्थिक

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो कम्पनीको आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ ।

‘संभवत शुक्रबारसम्म प्रिअलटमेन्ट होला ।’ क्यापिटलका सीइओ पारसमणि ढकालले भने-‘सञ्चयकर्ताको दोहोरो आवेदन परे नपरेको हेर्ने काम भइरहेकोले मध्यभोटेकोशीको आइपीओ बाँडफाँडमा समय लाग्ने भएको हो ।’

मध्य भोटेकोशीले कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

Leave a Reply

Your email address will not be published.