न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गरेको हो ।
आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।
जस अनुसार गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् ।
कम्पनीले असोज १५ गते सर्बसाधारणलाई आईपीओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाईएको थियो। बाँकि रहेको २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।