नयाँ बानेश्वरमा निर्माण भएको आकाशे पुल सञ्चालनमा

देश

नयाँ बानेश्वरमा आकाशे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । दशैंअघि नै सञ्चालनमा ल्याइने भनिएपनि केही दिन ढिला गरी सञ्चालनमा ल्याइएकाे हाे ।

डिभिजन सडक कार्यालय काठमाडौंका अनुसार उपत्यकामा अहिले भइरहेका आकाशे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ। संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको डिभिजन कार्यालयले जनाएकाे छ ।

बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयाे । अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुने उहाँकाे भनाइ छ ।

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ। विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *