नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनाव नजित्ने दाबी गर्नुभएको छ ।
एमाले झापा जिल्ला कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफुहरुले जिताइदिएको सांसद संख्या गनेर दाहाल, नेपालले संसदमा फुर्तिफार्ती गरेको भन्दै उहाँहरुले आगामी निर्वाचनमा नजित्ने दाबी गर्नुभएको हो ।