नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ ।
हिमालयन बैंक, प्रभु बैंक र नेपाल बंगलादेश बैंकलाई वैधानिक तरलता अनुपातअनुसार मौज्दात रकम नपुर्याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।
विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।