साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) यहि साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यहि साता भित्रै कम्पनीकाे शेयर नेप्सेमा सूचीकरण गराउने जनाएको हो ।
‘शेयर सूचीकरण सम्बन्धि काम अन्तिम चरणमा छ । बीचमा दशैं लगायत विविध करणले सूचीकरणमा केहि ढिलाई भयो,’ एनआईबिएल स्रोतले भने, ‘यहि साता भित्रै कम्पनीको शेयर सूचीकरण हुन्छ ।’
कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर असोज १७ गते बाँडफाँट भएको थियो ।
ओपनिङ्ग रेन्ज कति होला : गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४३ पैसा रहेको छ । नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म ओपनिङ्ग रेन्ज प्रदान गर्न सक्नेछन् ।
त्यस अनुसार कम्पनीको पहिलो शेयर कारोबारको लागि न्यूनतम १५७ रुपैयाँ देखि ४७२ रुपैयाँ तोक्न सक्ने देखिन्छ ।