परिचयपत्र नभएकाले अव भाडामा बस्न नपाउने

देश

गृहमन्त्रालयले परिचयपत्र नभएकालाई कोठा वा फ्ल्याट भाडामा नदिन अनुरोध गरेको छ । अवैध रुपमा नेपाल भित्रिएका विदेशी नेपालमा आएर कोठा भाडामा लिन थालेपछि गृह मन्त्रालयले सो अनुरोध गरेको हो।

गृह मन्त्रालयले परिचय लुकाइ कोठा भाडामा लिन आउने वा काम गर्न आउने मानिस भेटिए प्रहरीलाई खबर गर्न समेत विज्ञप्तिमार्फत अुनरोध गरेको छ।

‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाइ अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बुझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिहरुलाई घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ’, गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘साथै कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिनुहुन समेत अनुरोध छ ।’

अन्नपुर्ण पोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *