१३ न्यायाधीशले आज प्रधानन्यायाधीश जबरालाई भेट्दै

देश

सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन् । उनीहरूले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ ।

न्यायालयमा बेथिति बढेको‚ सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेको लगायतका विषयमा असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबार प्रधानन्यायाधीश जबराले बोलाएको पूर्ण बैठक बहिष्कार गरेर छुट्टै बैठकमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *