प्रतिनिधि सभा बैठक दिउँसो २ बजे बस्दै

देश

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर बिहीबारका लागि सारिएको हो ।

बिहीबारको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ ।

लगातार सदनमा अवरोध गर्दै आएको एमालेले आजको बैठक चल्न दिन्छ कि दिदैन भन्ने निश्चित छैन । आफुले कारबाही गरेको माधव नेपालसहितका सांसदहरुलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सदनभित्र आन्दोलित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *