मध्य भोटेकोशी जलविद्युतको(आईपीओ) काे बाँडफाँड शुक्रबार हुने

आर्थिक

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) काे बाँडफाँड कार्तिक १२ गते, शुक्रबार हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकाे कार्यलयमा हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे ।

जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *