नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि जनता समाजवादी पार्टीका नेताहरुसँग प्रस्ताव राखेका छन् । सर्लाहीमा शनिबार भएको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महिन्द्रराय यादवलाई छिटो पार्टी एकता गर्न दाहालले अपील गरेका हुन् ।
‘क्षेत्रीय पार्टीबाट मधेसी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं, गहिरिएर हेरौं । अलग-अलग पार्टी बनाउनै पर्दैन’, दाहालले भने, ‘महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छु, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सबाल सिद्धियो ।’