पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

देश

नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

आइतबार सरकारले पटक–पटक पे्रट्रोलिएम पदार्थको मूल्य बृद्धि गरेको भन्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो । सरकारले जनताको ढाढ सेक्ने गरि पेट्रोल, डिजेज, मट्टीतेल र एलपी ग्याँसको मूल्य वृद्धि गरेकाले आफ्नो संगठनले विरोध गरेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए ।

उनले सरकारले जनताको मतलव नगरेर मूल्यवृद्धि गरेको आरोप लगाउदै सरकारको दिनगन्ती सुरु भएको चेतावनी दिए । अध्यक्ष गुरेलले अहिलेको राज्यव्यवस्था जनताको पक्षमा नभएकाले आफूहरु आन्दोलनमा उत्रिएको बताए ।

Leave a Reply

Your email address will not be published.