सामलिङ्ग पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ प्रति कित्ता १० का दरले ६७ हजार ८९० जनाले पाएका छन्। आज बिहान सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यलयमा आइपीओ बाँडफाँड कार्यक्रम भएको हो।
क्यापिटलकाअनुसार सामलिङ्ग पावरको आइपीओमा २१ लाख ९८ हजार ७६४ जनाले आबेदन दिएका थिए। जस मध्ये ९ हजार ९८६ जनाको आबेदन रद्द भएको छ।
योग्य २१ लाख ८८ हजार ७७८ जना मध्ये ६७ हजार ८९० सामलिङ्ग पावर कम्पनीको आइपीओ पाएका हुन्।
सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपोओमा कात्तिक ४ गतेदेखि कात्तिक ८ गतेसम्म आबेदन खुला गरिएको थियो।
जस अनुसार सामलिङ्ग पावरको वेबसाइट, बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।