यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार । यस वर्ष काग र कुकुर तिहार एकैदिन पूजा गरि मनाइँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जनाएकाे छ । आज बिहान कागलाई निमन्त्रणा गरेर मिठा मिठा खानेकुरा दिएर काग तिहार मनाइँदैछ ।
त्यस्तै, आजै कुकुरको पनि पूजा गरिदैछ । कुकुरको पूजा गरेर मीठो खानेकुरा खान दिएर कुकर तिहार मनाइँदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।