बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै

देश

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने हुनु भएको छ । आज दिउँसो तीन बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री पण्डेले विश्वासको मत लिन लाग्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको समर्थन छ ।

मुख्यमन्त्री पाण्डेले संसदबाट सजिलै विश्वासको मत प्राप्त गर्ने सक्ने सम्भावना रहेको छ । गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, नेकपा एकीकृत समाजवादीका १३ जना र जसपाका १ जनासहित ५९ जना सांसद्को समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *