सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक शुरु भएको हो ।
आजको बैठकमा रिक्त रहेका २० मुलुकमा राजदूत नियुक्ती, निजामती सेवा सम्बन्धी अध्यादेश, राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएका छ ।
गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ ।