एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

देश

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैठकले विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्यकर्ताहरुको जिम्मेवारी र भूमिकाबारे पनि छलफल हुने छ ।

विभिन्न पार्टीबाट आएकाहरुलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न शुक्रबार स्थायी कमिटी बैठक बस्दैछ।

Leave a Reply

Your email address will not be published.