केन्द्रीय निक्षेप प्रणाली ‘सीडीएससी’ले आफ्नो सिस्टम अपग्रेड गरेको छ । प्रणालीमा गरिएको सुधारसँगै आईपीओको नतिजा हेर्न घण्टौं कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
अब घोषणा भएको ३० मिनेटभित्रै आइपिओको नतिजा हेर्ने सकिने सीडीएससीले जनाएको छ । मध्यभोटेकोशीको सेयर बाँडफाँटबाटै अपग्रेडेड भर्जनको परीक्षण गरिएको सीडीएससीले बताएको छ ।
मध्यभोटेकोशीको सेयर बाँडाफाँटमा यस प्रणालीको परीक्षण सफल भएकाले आईपिओ निष्कासनमा निरन्तरता दिइने बताइएको छ ।
#सीडीएससी
