सरकारले ग्यास र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा सत्तारुढ दलकै विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुसम्वद्ध विद्यार्थीहरुले आइतवार प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन्।
उक्त विरोध प्रदर्शनका क्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामा पनि सहभागी थिए।
पछिल्लो पटक आयल निगमले घाटा चुलिएको भन्दै साता बिराउँदै पेट्रोलियमको मूल्य बढाएपछि गठबन्धन सरकारको आलोचना भइरहेको छ।