सर्वोच्चका १३ न्यायाधीशद्वारा पूर्ण बैठक बोलाउन प्रस्ताव

देश

सर्वोच्च अदालतका १३ जना न्यायाधीशले गोलाप्रथा लागू गर्न फुलकोर्ट अर्थात सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने पूर्ण बैठक बोलाउन प्रस्ताव गरेका छन् ।

हिजो बसेको न्यायाधीशहरुको बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि आज फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरेका हुन् । रजिस्ट्रारले प्रधानन्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ ।

प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *