चार महिनामा अख्तियारमा ४ हजार ७ सय ६२ वटा उजुरी परे

देश

चालू आर्थिक वर्षको चार महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ हजार ७ सय ६२ वटा उजुरी परेको छ।

साउनदेखि कात्तिकसम्मको अवधिमा महिनागत तथ्यांकलाई हेर्ने हो भने क्रमशः भ्रष्टाचारजन्य कामविरुद्धका उजुरीहरु क्रमशः घटिरहेको अख्तियारको तथ्यांकले देखाएको हो।

कुलमध्ये साउनमा १६ सय ३२, भदौमा १३ सय १५, असोजमा १ हजार १९ र कात्तिकमा ७९६ वटा उजुरी परेको आयोगले जनाएको छ।

अख्तियारमा हुलाक, समाचारपत्र, लिखित निवेदन, मोबाइल एसएमएस, मोबाइल एप, भाइबर, फेसबुक, टेलिफोन, इमेल, आयोगको वेबसाइट र अन्य स्रोतबाट उजुरी पर्ने गरेको छ।

यसअनुसार हुलाकबाट साउनमा ३५०, भदौमा २९१, असोजमा २६१ र कात्तिकमा २२१ वटा उजुरी परेका थिए। त्यस्तै, समाचारपत्रबाट साउनमा ६४, भदौमा २७, असोजमा १२, कात्तिकमा १० वटा उजुरी परेको आयोगले जनाएको छ।

यसबाहेक लिखित उजुरीतर्फ साउनमा ५६६, भदौमा ४४२, असोजमा ३२०, कात्तिकमा १९१ वटा उजुरी पर्दा टेलिफोनबाट साउनमा ७३, भदौमा ७०, असोजमा ४८, कात्तिकमा २७ वटा उजुरी परेका छन्।

त्यसैगरी इमेलबाट चार महिनामा क्रमशः ३११, २५९, १७७ र १७९ वटा उजुरी परेका छन् भने आयोगकको वेबसाइटबाट २१६, १८४, १८३ र १२६ वटा उजुरी परेको छ।

अख्तियारको तथ्यांकअनुसार सबैभन्दा बढी उजुरी अख्तियारकै प्रधान कार्यालयमा पर्ने गरेको छ। चार महिनामा क्रमशः ९२५, ८१४, ६९० र ४८८ वटा उजुरी कार्यालयमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *