सर्वोच्च अदालत परिसरभित्रै कानुन व्यवसायीमाथि बल प्रयोग ! १८ न्यायाधीशले गरे विरोध

खास खबर

सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले विरोध गरेका छन् ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै सावधानी अपनाउन सर्वोच्च प्रशासनको ध्यानाकर्षण गराएको हो ।

‘बैठकको निर्णय नम्बर ३ मा हामीले यसरी शान्तिपूर्ण रुपले प्रदर्शन गरेका कानुन व्यवसायीमाथि बल प्रयोग गरेको घटनाप्रति दुख व्यक्त गरेका छौं,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘आगामी दिनमा यस किसिमको बल प्रयोग नहोस् भन्नेमा पनि सावधानी अपनाउन सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’

बिहीबार सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भएका छन् । बिहीबार १८ न्यायाधीशको बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथासम्बन्धी कार्यविधिको मस्यौदा पनि गरेको छ ।

न्यायाधीशहरुको छलफलको निर्णय पुस्तिका हस्ताक्षरका लागि मुख्य रजिस्ट्रार मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *