राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने

देश

राष्ट्रियसभाको निर्वाचन आगामि माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिनुभयाे । राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित भएका हुन् भने बाँकी १९ जना निर्वाचनबाट आउनेछन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिन ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *