सीडी अनुपातले राष्ट्र बैंकको सीमा नाघ्यो, कात्तिकमा ३६ अर्बले निक्षेप घट्दा ३६ अर्ब नै कर्जा विस्तार

आर्थिक खास खबर

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यवस्था गरेको कर्जा(निक्षेप) सीडी अनुपात ९० प्रतिशत भन्दा माथि पुगेको छ । अधिकांश बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात सीमा भन्दा माथि उक्लिएको नेपाल बैंकर्स संघले जनाएको छ ।

नेपाल बैंकर्स संघको पछिल्लो प्रतिवेदनले बाणिज्य बैंकहरुको ‍औषत सीडी अनुपात ९०.१५ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरेको छ । कात्तिक महिनासम्ममा कुल निक्षेप ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४० खर्ब ३८ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

कात्तिक महिनासम्ममा ३६ अर्ब रुपैयाँले निक्षेप घटेको छ भने कर्जा लगानी पनि ३६ अर्ब रुपैयाँ नै भएको छ । निक्षेप संकलन घटेकै अनुपातमा नेपालका बैंक वित्तीय संस्थाले कर्जा लगानी गरेका छन् ।

स्रोतको सुनिश्चिता बिना नै बैंकहरुले कर्जा लगानी गर्दा सीडी अनुपात ९० प्रतिशत भन्दा माथि पुगेको हो । व्यवसायीले भन्सार विन्दुबाट बस्तु आयात गर्दा न्युन विजकिकरण गरी बस्तु आयात गरी हुण्डी मार्फत भुक्तानी दिनेक्रम बढेकाले बैंकिङ प्रणालीबाट ३६ अर्ब निक्षेप बाहिर गएको बताउने गरिएको छ ।

अर्थतन्त्रमा बढ्दो कर्जाको मागलाई धान्नका लागि बैंकिङ प्रणालीमा पर्याप्त स्रोतको अभाव हुँदा नेपालको बैंकिङ प्रणालीमा तरलता अभाव देखिएको छ । कर्जाको तुलनामा निक्षेप बढ्न नसक्दा , बैंक वित्तीय संस्थाले अल्पकालिन प्रकृतिको स्रोतका आधारमा दिर्घकालिन लगानी गर्दा, कोभिडका कारण रोकिएको आर्थिक गतिविधिले पुर्णरुपमा गति लिदा बजारमा कर्जाको माग बढेको हो ।

विश्वव्यापी महामारी कोभिड १९ का कारणले वैदेशिक रोजगारी प्रभावित भई विप्रेषण आप्रवाह घट्नु तथा बढ्दो आयातका कारण व्यपारघाटा बढ्दा नेपालमा लगानीयोग्य रकम९तरलता० को समस्या देखिएको हो ।

यसैगरी सरकारले राजस्व उठाएर पुँजीगत खर्च बढाउन नसकेका कारण पनि तरलताको समस्या सहज हुनसकेको छैन । सरकारले बजेटमा व्यवस्था गरेबमोजिम वैदेशिक ऋण तथा अनुदान प्राप्त नहुँदा सरकारी आयोजनाहरु सञ्चालनमा हुन नसक्दा सरकारको पुँजीगत खर्च बढ्न सकेको छैन । जसको प्रभाव तरलतामा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *