केपी ओलीले भने-सहमति नभए पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सबैमा चुनाव हुन्छ

देश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नजुटे दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताएका छन्।

अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्।

मंगलबार काठमाडौंमा सम्पादकसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओलीले आफुले कसैलाई दबाब नदिने प्रष्ट पारे।

एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन्।

उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरे।

‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै ओलीले थपे, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *