देउवालाई टक्कर दिँदै निधि

देश

पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस उपसभापति विमलेन्द्र निधि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको साथ पूरै छोडेर पार्टी सभापतिका लागि अघि बढ्नुभएको छ ।

देउवाका निकै विश्वासपात्र मानिनुभएका निधिले गत भदौ ११ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैक्वेटमा सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । मंसिर ६ गते सोमबार निधिले आफू सभापतिमा उम्मेदवार बन्नुका २३ कारण खुलाउँदै देउवाको क्याम्प छोडेको स्पष्ट संकेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *