प्रधानमन्त्री देउवाले आज नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्न

देश

 प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एसोसिएसनका पदाधिकारीलासँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाउनुभएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *