केन्द्रीय तथ्याङ्क विभागका अनुसार कालापानी र लिम्पियाधुराबाहेकका ठाउँका केही स्थानमा बाहेक देशका अन्य क्षेत्रमा जनगणना सङ्कलन कार्य सकिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो ।
विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन केन्द्रीय तथ्याङ्क विभागले आग्रह गरेको छ । विभागका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।