जाजरकोटमा बस दुर्घटना, ५ जनाको ज्यान गयो, २७ जना घाइते

देश

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अरु २७ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु थिए ।

ज्यान गुमाउनेको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.