जिपले ठक्कर दिंदा अर्घाखाँचीमा बालकको ज्यान गयो

जिल्ला

अर्घाखाँचीको भुमिकास्थानमा जिपले ठक्कर दिंदा एक बालककोको ज्यान गएको छ ।

लु १ ज १७२६ नम्बरको जिपले ठक्कर दिंदा भुमिकास्थान–७, बरबासका दिपक नेपालीका ४ वर्षिय छोरा आयान नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले सन्धिखर्क ले जानकारी दिएको छ ।

सन्धिखर्कबाट खिल्जी जान हिंडेको जिपले ठक्कर दिएर घाईते भएका बालकको उपचारका क्रममा अर्घाखाँची अस्पतालमा ज्यान गएको हो । सवारी र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाको अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *