प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

देश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ)अस्पताल भर्ना भएका छन् ।स्रोतका अनुसार सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् ।

आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो । कार्यालय समय सकिएपछि उनी एपीएफ अस्पताल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *