भोलिदेखि राप्रपा महाधिवेशन हुँदै, अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा

देश

रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि भोलि बुधवारबाट काठमाडौंमा महाधिवेशन शुरू हुँदैछ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् ।

थापाले सोमवार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउँदै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो उम्मेदवारी नेतृत्वका लागि रहने उल्लेख गरे ।

नेतृत्वका लागि नेता लिङ्देनले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । यसपटकको महाधिवेशनमा हालका अध्यक्षत्रय मध्येका थापा बाहेकका २ पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने मैदानबाहिरै रहने भएका छन् ।

उनीहरू मैदानबाहिर रहँदा समर्थन भने कसलाई दिन्छन् भन्ने चासो राप्रपा वृत्तमा बढेको छ । जबरानिकट एक नेताका अनुसार उनले आफू अध्यक्षमा नउठ्ने बताइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *