सेयरबजारमा कारोबार रकम झन् झन् ओरालो लागेको छ।
पछिल्ला दिनयता कारोबार रकम बढ्न नसकिरहेका बेला बुधबार २ अर्ब ७४ करोड रुपैयाँको मात्र कारोबार भएको हो।
यद्यपि सूचक नेप्सेचाहिँ ५.२८ अंकले बढेको छ। सेन्सिटिभ सूचक पनि शून्य दशमलव ८९ अंकले बढेको छ।
आज होटल र पर्यटन, निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमाको सूचक राताम्य हुँदा बाँकी अन्य सूचक हरियो भएका छन्।
आज तीन कम्पनीको सेयर १० प्रतिशत हाराहारीमा बढेको छ। लगानीकर्ताहरुले आज ५.६२ प्रतिशतसम्म गुमाएका छन्।
कम्पनीहरुको आज अधिकतम १४ करोडसम्मको मात्र कारोबार भएको नेप्सेले जनाएको छ।