सर्वोच्चको ७० वर्षे इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट पेसी

देश

सर्वोच्च अदालतमा बुधबारबाट न्यायाधीशहरूलाई गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको छ । न्यायालयको ७० वर्षको इतिहासमा बुधबारदेखि गोला प्रक्रिया प्रणालीमा मुद्दाको पेसी तोकिएको हो । यसअघि प्रधानन्यायाधीशलाई सर्वोच्चका सबै मुद्दाको पेसी तोक्ने तजबिजी अधिकार थियो ।

बुधबारबाट भने पहिलोपटक सो अधिकार कटौती भएको छ । बुधबार गोला प्रक्रिया प्रणालीबाट सर्वोच्चमा ११ वटा इजलास गठन भएका थिए । सर्वोच्चमा गोला तान्ने प्रयोजनका लागि समान रूप, रंग, आकार र बनोटका गोटी प्रयोग गरेर पेसी तोकिएको थियो ।

निर्देशिकाअनुसार त्यस्ता गोटीलाई अपारदर्शी थैलीमा राखेर वरिष्ठताका आधारमा न्यायाधीशले एक/एकवटा तान्ने काम भएको थियो ।

राजधानी दैनिकबाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *