कांग्रेस कर्णालीको प्रदेश सभापतिमा शाही विजयी

देश

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित हुनु भएको छ ।

हिजाे भएको चुनावबाट शाही सभापतिमा निर्वाचित हुनु भएको हो । उहाँले ४ सय २२ मत ल्याउनु भएको छ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ मत ल्याउनु भएको छ भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published.