भारतमा एकै दिन १७ जनामा देखियो ओमिक्रोन

प्रवास

 कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा हिजो एकै दिन १७ जनालाई पुष्टि भएको हो ।

दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ ।

भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको छ। यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *