नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन्। दुई जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
संक्रमित को हुन्, कहाँबाट आएका हुन् भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन। यसबारे स्वास्थ्य मन्त्रालयमा छलफल भइरहेको स्रोतले जनाएको छ।