केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेयो : माधवकुमार नेपाल

देश

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ ।

आज सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताउनुभएको हो । एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने बताउँदै अध्यक्ष नेपालले अब ओली एन्ड कम्पनीको दिन सकिएको समेत बताउनुभयो । उहाँले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैँडालाई थमाइएको समेत बताउनुभयो ।

अध्यक्ष नेपालले एमाले भन्दा आफ्नो पार्टी देशभर मजबुद बन्दै गएको समेत दाबी गर्नुभयो । उहाँले गठबन्धनको सरकारमा सहभागी दलकाअघि ओलीको केही नलाग्ने ठोकुवासमेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *