माओवादीको प्रदेश पदाधिकारी ९ सदस्यीय, सदस्यको संख्या पनि बढ्यो

देश

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेश कमिटीका पदाधिकारी संख्या ७ बाट ९ पुर्‍याएको हो।

माओवादी प्रवक्ता कृष्णबहादुर महराले प्रदेश पदाधिकारी थप गरिएको जानकारी दिएका छन्। ‘प्रदेश कमिटीमा पदाधिकारी संख्या थपिएको छ। अब प्रदेश पदाधिकारीमा एकजना अध्यक्ष, तीनजना उपाध्यक्ष, एकजना सचिव र तीनजना सहसचिव कायम गरिएको छ’, महराले भने।

माओवादीले प्रदेश समिति सदस्यको संख्या पनि बढाएको छ। अब प्रदेश कमिटी सदस्यको न्यूनतम आधार संख्या १७५ हुनेछ।

प्रदेश कमिटीको संख्या प्रदेश र संघीय निर्वाचन क्षेत्रका आधारमा पनि निर्धारित हुनेछ। महराले केन्द्रको बारेमा पछि बस्ने बैठकले थप निर्णय लिने पनि जानकारी दिएका छन्।

महराका अनुसार बागमती प्रदेशमा सबैभन्दा ठूलो २७५ सदस्यीय कमिटी हुनेछ। बागमतीमा १७५ र ५४ सहित २७४ हुन्छ। तर १ संख्या बढाएर २७५ कायम गरिएको हो।

उता प्रदेश प्रदेश १ मा १७५ र ८४ सहित २५९ सदस्यीय, प्रदेश २ मा १७५ र ९६ गरे २७१ सदस्यीय कायम गरिएको छ।

गण्डकी प्रदेशमा १७५ र ५४ सहित २२९ सदस्यीय कायम गरिएको महराले बताए। उता लुम्बिनी प्रदेशमा १७५ र ७८ सहित २५३ सदस्यीय कायम गरिएको छ।

उता कर्णाली प्रदेशमा १७५ र ३६ सहित २११ सदस्यीय तथा सुदूरपश्चिम प्रदेशमा १७५ र ४८ सहित २२३ सदस्यीय प्रदेश कमिटी हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *