मध्यरातमा देउवा पौडेल निवासमा

देश

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका प्रत्याशी शेरबहादुर देउवा मध्यराति वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास पुगेको खुलासा भएको छ । देउवाले बोहोराटार पुगेर पौडेललाई राजनीतिबाट सन्यास नलिन आग्रह गरेको पौडेल निकट स्रोतले बताएको छ ।

करिब एकघण्टा लामो भेटघाटमा देउवाले भने– “राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभयो,” देउवाको भनाइ उद्धृत गर्दै पौडेल निकट स्रोतले जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published.