काँग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले सुरुवाती अग्रता बनाएका छन् ।
६०० मत गन्दा सभापति शेरबहादुर देउवाले अग्रता बनाउन सफल भएका छन् । देउवाले २८८ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् । त्यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले २१२, विमलेन्द्र निधिले ३९, प्रकाशमान सिंहले ४२ र कल्याण गुरुङले ४ मत ल्याएका छन् ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।