अहिलेसम्म प्राप्त मतगणनाको परिणामअनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । अहिलेसम्म ३ हजार ७ सय ७९ मत गणना हुँदा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले २०० मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने १९ मत मात्र प्राप्त भएको छ ।
