संघीय संसदको हिउँदे अधिबेशन आजबाट सुरु हुने भएको छ । आज दिउँसो २ बजे दुबै सदनको अधिबेशन शुरु हुुन लागको हो । प्रमुख बिपक्षी एमालेले सभामुख अग्नी प्रसाद सापकोटको भुमिकामाथि प्रश्न उठाउँदै यसअघिको अधिबेशन अवधिभर अवरोध गरेको थियो ।
अधिवेशनमा ६ वटा अध्यादेलाई पहिलो बैठकमा पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ । संघीय संसद्को दशौँ अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।