प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्का नाराबाजी बिच प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गर्नु भएको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो।
invotech
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए।
तर सो प्रस्ताव बहुमत अस्वीकार भएको थियो।