प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै पनि बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूचीमा चार वटा अध्यादेश पेस गर्ने उल्लेख छ । एमालेको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको पहिलो बैठकमा पेस भएका ६ वटा र दोस्रो बैठकमा पेस भएका दुई अध्यादेशलाई बहुमतले स्वीकृत गरेको थियो ।
आजको बैठकमा चारवटा अध्यादेश पेस गरिन लागेको र सोही अध्यादेश अस्वीकृत गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्ताव पनि प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । हिजो बसेको प्रतिनिधिसभाको बैठकबाट दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।