पूर्व प्रधानमन्त्री गिरीको निधन

देश

पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज बिहान निधन भएको छ। बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

कलेजोको क्यान्सरबाट पीडित ९३ वर्षीय गिरीको आज बिहान ६ बजे निधन भएको श्रीमती सराह गिरीले जानकारी दिएकी छिन्। सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *