नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।
आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै, २८ मत बदर भएको छ ।
राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो ।