कांग्रेस केन्द्रीय कार्यसमितिमा देउवालाई दुईतिहाइ

देश

कांग्रेस केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा पक्षबाट दुईतिहाइभन्दा बढी निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते १ सय ३४ पदका लागि निर्वाचन भएको थियो। जसका लागि ४ सय ९१ जनाको उम्मेदवारी परेको थियो।

मतदानको १० दिनपछि बिहीबार सबै पदको मतगणना सम्पन्न भएको केन्द्रीय निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। १३ पदाधिकारीसहित १ सय ३४ जना निर्वाचित हुँदा सभापति देउवा प्यानलका १ सय १० जना छन्। बाँकी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा.शेखरप्रसाद कोइराला पक्षका हुन्।
अन्नपूर्ण पोष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *